Logo
Logo

उसुमा लगातार निमाले जितिन् दुई स्वर्ण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ मंसिर । जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बिहीबार भएको उसुअन्र्गत थाउलोको महिला नान्दोमा उनले कूल १८.९१ अंक जोड्दै स्वर्णपदक जित्न सफल भएकी हुन् । यससँगै निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।
सन् २०१६ मा भारतमा भएको १२औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । सोही स्पर्धामा बंगलादेशले रजत जित्दा श्रीलंकाले कास्यपदक हात पा¥यो ।
त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जितेकी छन् । सो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो भने बंगलादेशले कास्यपदक पाएको छ । उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजतपदक हात पारे । यस स्पर्धामा भारतले स्वर्ण तथा बंगलादेशले कास्य पदक जिते ।

प्रतिक्रिया दिनुहोस्