Logo
Logo

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ?



काठमाडौ । हिन्दु परम्परा अनुसार हाम्रो दैनिकी र वास्तुले जीवनमा धेरै असर गर्ने बुझिन्छ । हामीले लगाउने कपडा, रंग, वरपरका सामाग्री, हमीले सुत्ने विस्तारा लगायत चीजहरु वास्तु आुसार मिलाएर राख्ने र प्रयोग गर्ने गरे धेरै फाइदा हुने वास्तु सास्त्रीहरुकाे भनाइ छ ।

त्यस्तै एक वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने रू भन्ने बारे जानकारी दिएकी छिन् ।

पहिलो दिन अर्थात आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन विन्दुले सुझाव दिएकी छिन् । उनका अनुसार यी सबै रंगहरूले जीवनमा रंग थप्न काम गर्नेछ।

यसरी बार अनुसारको रंगको पैयोगले जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ। यो ‘कलर थेरापी’ अपनाए मन पनि शान्त रहने उनी बताउछिन् ।।

‘यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ । यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट मानसिक शान्ति पाउनुहुनेछ र यसले रक्त कोशिकाहरूमा पनि राम्रो प्रभाव पार्छ।’ उनले भनिन्

‘अर्कोतर्फ, पहेँलो रङ लगाउनाले तपाईको बुद्धिको विकास हुन्छ, तपाईलाइ चनाखो बनाउँछ । नीलो रंगको पहिरनले मनमा हुने उथलपुथललाई शान्त गराउँछ। यो रंग धेरै चिसो मानिन्छ। सेतो रंग शान्तिको प्रतीक हो । गुलाबी रंगले आँखालाई शीतलता दिन्छ, यसले तपाईंको मनमा प्रेम र दयाको संचार प्रदान गर्दछ।’

प्रतिक्रिया दिनुहोस्