Logo
Logo

मोरङमा एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए


6.4k
Shares

प्रतिकात्मक तस्वीर

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

मृगौलिया घरबाट आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेका ४० वर्षीय ढकाल शनिबार बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्