Logo
Logo

पाल्पामा जीप दुर्घटना, दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


रामपुर, १९ मंसिर । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा बिहीबार जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्