Logo
Logo

प्रधानमन्त्री ओली आजै बालुवाटार फर्कने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओली आजै बालुवाटार फर्कने भएका छन् । स्वास्थ्यमा व्यापक सुधार भएपछि उनी डिस्चार्ज हुन लागेका हुन् ।
एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओली १० दिनदेखि अस्पतालमा छन् ।


प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति बिद्यादेवी भण्डारी बिहीबार अस्पताल पुगेकी थिइन् प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार भएको र डिस्चार्जको तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । करिब तीन बजेको समयमा डिस्चार्ज गर्न लागिएको छ ।
एपेन्डिसाइटिसको अप्रेसन सफल भएपनि प्रधानमन्त्रीको मिर्गाैलामा समस्या भएका कारण नियमित डायलसिस गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्