Logo
Logo

डिएसपीको बढुवा हुँदै, गृह मन्त्रालयमा बैठक जारी




काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ४४ डिएसपी पदमा आज बढुवा सिफारिस हुने भएको छ । बढुवाका लागि गृह मन्त्रालयमा बैठक बसिरहेको हो ।


४४ पदमा २०७० सालमा भर्ना भएका एक सय ४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । बढुवामा टकरावका कारण लम्बिदै आएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार इन्टरपोलको कार्यक्रममा सहभागी हुन सिंगापुर जाने भएकाले आजै बढुवाको निर्णय हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्