Logo
Logo

१० दिनपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । ओली मुस्कुराउँदै बिहीबार दिउँसो अस्पतालबाट निस्किएका थिए ।
एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओली १० दिनअघि अस्पताल भर्ना भएका थिए ।


प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति बिद्यादेवी भण्डारी बिहीबार अस्पताल पुगेकी थिइन् एपेन्डिसाइटिसको अप्रेसन सफल भएपनि प्रधानमन्त्रीको मिर्गाैलामा समस्या भएका कारण नियमित डायलसिस गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको तयारी भइरहेको छ ।
केही दिन ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै आराम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्