एथ्लेटिक्समा नेपाललाई दोस्रो स्वर्णपदक


Published On : 6 December, 2019

काठमाडौं, २० मंसिर । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज शुक्रबार भएको खेलमा उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेका हुन् । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका थिए ।
सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गरे । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्नुभयो । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्