Logo
Logo

भुटानविरुद्ध बंगलादेशको १० विकेटले जित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० मंसिर । १३औं सागअन्तर्गत पुरुष क्रिकेटमा भुटानविरुद्ध बंगलादेशले १० विकेटको जित हात पारेको छ । शुक्रबार भएको खेलमा भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले विकेट क्षतिबिना ६.५ ओभरमा भेट्टाएको हो ।
टस जितेर भुटानले पहिले ब्याटिङ रोजेको थियो । टेस्ट राष्ट्र बंगलादेशको बलिङमा भुटानी ब्याट्सम्यानहरुले संघर्षपूर्वक २० ओभर ब्याटिङ गरे । भुटानका ओपनरहरुले पहिलो विकेटका लागि २९ रनको पार्टनरसीप गरेका थिए । ओपनर तेन्जेन वाङ्चुक जुनियरले २९ बलमा हानेको १५ रन नै भुटानको लागि व्यक्तिगत सर्वाधिक रन थियो । बंगलादेशका मनिक खानले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । अन्य चार जना बलरले १–१ विकेट बाँडेका थिए ।
बंगलादेशलाई ७० रनको लक्ष्य सहजै पछ्यायो । अनुभवी ब्याट्सम्यान सौम्य सरकारले २८ बलमा अविजित अद्र्धसतक प्रहार गरे । उनले ३ छक्का र ४ चौका हिर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्