Logo
Logo

नेपालको ४२औँ स्वर्ण : धावक किरण सिंह बोगटीलाई स्वर्ण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ मंसिर । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जितेको छ । उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जितेका हुन् । भारतकै श्रे सिंहले कास्यपदक हात पार्नुभयो । उहाँले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जितेका छन् ।
सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उनले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाउनुभएको थियो । अहिलेसम्म त्यो कीर्तिमान भंग हुन सकेको छैन ।
सोही स्पर्धाको महिलातर्फको श्रीलंकाकी हिरुनी केसराले स्वर्ण पदक जितेकी छन् । उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेकी हुन् ।
त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पार्नुभयो । उहाँले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गर्नुभयो । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारे ।
एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पार्नुभयो । उहाँले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चेका थिए । १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलंकाका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पारे । जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक होे ।

प्रतिक्रिया दिनुहोस्