Logo
Logo

साग फुटबल : नेपालले माल्दिभ्सलाई २-१ ले हराए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । पहिलो हाफको १८आँैं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर खेलको ४३औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे ।
पहिलो हाफमा बराबरीमा रहेको अवस्थामा नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १ गोल थपे । खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेर नेपालको जित सुनिश्चित गरेका हुन् ।
नेपालका २ वटा प्रहार साइडबारमा लागेर बाहिरिएको थियो भने २५आँैं मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रि किकलाई गोलकिपरले बचाएका थिए । २६औँ मिनेटमा माल्दिभ्सका गोलकिपर विट भइसकेका बेला अन्य खेलाडीले हेडरमार्फत बल किलियर गरेका थिए ।
यो जितसँगै नेपाल ३ खेलमा सात अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । त्यो खेलमा नेपाल बराबरीमा रोकिए पनि फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्