Logo
Logo

जागौँ जागौँ



जागौँ जागौँ हामी नेपाली जागौँ
राष्ट्र लुट र बेइमानीको जन्जिर चुडालौ
हामी दास होइनौ अपराधीको
न हौ लुटेरा शासकको
जागौँ जागौँ हामी नेपाली जागौँ

हामीलाई हाम्रो माटो प्यारो छ
झूटको स्वर्ग होइन
न सिङ्गापुरको, न लन्डनको
हाम्रो माटो सन्सारमा प्यारो छ
जहाँ हाम्रो पिरती छ
जहाँ हाम्रो स्वर्ग छ
बचाऔँ यो माटोलाई मसाने गिद्धबाट
अपराधी संरक्षण गर्न
कावा खानेसँग बाट
जागौँ जागौँ हामी नेपाली जागौँ

प्रतिक्रिया दिनुहोस्