Logo
Logo

आज नेपाल बंगलादेशसँग भिड्दै, हार टार्न सके फाइनलमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ मंसिर । बंगलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली १३औँ दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलंकासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बंगलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्नेछ ।
यता बंगलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आइतबार आज साँझ ५ बजेपछि शुरु हुनेछ ।
भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलंकासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धा्रित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो । सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बंगलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रंगशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पा¥यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अंक जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।
त्यसैगरी नेपाल ७ अंक जोड्दै दोस्रो स्थानमा छ । यता बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्सको भने समान २÷२ अंक रहेको छ । नेपाल र बंगलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्