Logo
Logo

ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावमा


- दृष्टि न्युज/संवाददाता


बाँके, २२ मंसिर । ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि कोहलपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन् । कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयमा ७ कक्षामा अध्ययनरत बालिकालाई ठक्कर दिने ट्रक विद्यार्थीले जलाएका छन् । प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । सोक्रममा प्रहरीले हवाई फायर समेत गरेको छ ।
विद्यार्थीले प्रदर्शनका क्रममा ढुंगामुडा गरेपछि हवाइ फायर गरेको प्रहरीले जनाएको छ । अहिले ठुलो संख्यामा विद्यार्थी सडकमा उत्रिएका छन् । कोहलपुर प्रहरीका डीएसपी शिबबहादुर सिंहका अनुसार केही प्रहरी घाइते भएका छन् भने भीडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्