Logo
Logo

चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ चार जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार माननीय शिक्षा विज्ञान तथा प्रविधिमन्त्री तथा नास्टका सहकुलपति गिरिराजमणि पोखरेलद्वारा यही मंसिर २० गते नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरेका हुन् ।


सम्मानित चार अनुसन्धानकर्ताहरु प्रा.डा. परशुराम मिश्र, प्रा.डा. विद्या श्रेष्ठ, डा. श्यामप्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको हो ।

कार्यक्रमपश्चात पुरस्कृत विज्ञहरुसँगको भेटमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरी यस क्षेत्रको विकासमा योगदान पु¥्याउनुभएकामा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गर्नुभएकामा आभार प्रकट गरेका छन् । उक्त पुरस्कारको राशि प्रतिव्यक्ति वा संस्था रु एक लाख २५ हजार रहेको छ ।

नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्तालाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित वैज्ञानिक तथा प्राज्ञहरुको समूहद्वारा कृतिहरुको छनोट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्