काठमाडौं, २० मंसिर
प्रहरी प्रधान कार्यालयले थप चार जना डिएसपीको काज सरुवा गरेको छ । सरुवाअनुसार ललितपुरको महानगरीय प्रहरी वृत्त चापागाउँको डिएसपी फेरिएका छन् ।
चापागाउँ वृत्तमा डिएसपी कृष्ण्राज ओझालाई खटाइएको छ भने वृत्तमा कार्यरत रामकृष्ण सापकोटालाई ट्राफिक महाशाखामा खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत दीपक भारतीलाई अछाम र अछामका जनकबहादुर शाहीलाई सुरक्षा व्यवस्थापन निर्देशनालयमा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार र शनिबार ठूलो संख्यामा एसपी, डिएसपी र इन्सपेक्टरको काज सरुवा गरेको थियो । अत्याबश्यक अवस्थामा मात्र काज सरुवा गर्न मिल्ने भएपनि प्रहरी प्रधान कार्यालयले नियमित सरुवा गर्नुपर्ने अवस्थामा पनि काज सरुवा गरेको छ ।












