Logo
Logo

साग फुटवल : नेपाल फाइनलमा प्रवेश, स्वर्ण पदकका लागि भूटानसँग भिड्दै


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २२ मंसिर । १३औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जितका लागि खेलको ११औँ मिनेटमा सुनिल बलले गरेका थिए । उक्त गोल नै निर्णायक बन्यो । सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका थिए । त्यसपछि पनि नेपालको केही गोलका अवसर सदुपयोग हुन सकेन ।
पहिलो हाफमा पछिल्लो १५ मिनेट बंगलादेशले दबाब दिएपनि दोस्रो हाफमा १५ मिनेटसम्म नेपालले बलमा नियन्त्रण थियो । त्यसपछि केहीबेर बंगलादेशले दबाबमा राखेको थियो । तर, बंगलादेशले गोल गर्न भने सकेन । जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोडेको छ । अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग मंगलबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्