Logo
Logo

हिमालय एयरलाइन्सले पुनः काठमाडौं-बेइजिङ उडान थाल्दै


1.9k
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले तीन वर्षपछि पुनः चीनको राजधानी बेइजिङमा उडान थाल्ने भएको छ । कम्पनीले आउँदो जुन २४ तारिखबाट काठमाडौं-बेइजिङ उडान गर्ने भएको हो ।

कारोनाअघि कम्पनीले बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ, गोयाङलगायत चीनको पाँच शहरमा नियमित यात्रुवाहक उडान गर्दै आएको थियो । तर, चीनले कोभिड महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

संक्रमण नियन्त्रणमा आएसँगै एयरलाइन्सले पुनः बेइजिङमा उडान उडान थाल्ने भएको हो । एयरलाइन्सले यसअघि नै कुनमिङ उडान पुनः सुरु गरिसकेको छ । कोभिड अवधिभर एयरलाइन्सले चीनमा कार्गो चार्टर उडान गर्दै आएको थियो । अहिले पनि कुनमिङ बाहेकका गन्तव्यमा एयरलाइन्सले कार्गो चार्टर उडान गर्दै आएको छ ।

हाल एयरलाइन्सले तीनवटा १ सय ८० सिट क्षमताको एयरबस ३२०-२१४ र एउटा १ सय २८ सिट क्षमताको एयरबस ३१९-११५ सिरिज गरी चारवटा जहाजमार्फत दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश, चीन लगायत विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्