
काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले असारमा निक्षेप तथा कर्जाको व्याजदर स्थिर राख्ने निर्णय गरेको छ ।
आज मंगलबार बसेको संघको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राचख्ने निर्णय गरेको हो । यस्तै संस्थागत मुद्दती निक्षेपको व्याज ७.९९ प्रतिशत रहनेछ ।












