Logo
Logo

सावित्रा भण्डारीले युरोपेली लिग खेल्ने


8.1k
Shares

कमाठाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएका छन् ।

सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेका हुन् । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको पक्का गरेको छ ।

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा थप चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएका थिए ।

नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेका उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेका हुन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्