Logo
Logo

दाहालकै अध्यक्षतामा नेकपा सचिवालय बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ मंसिर । नेकपा सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अध्यक्षतामा बैठक बसेको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नगएपछि दाहालकै अध्यक्षतामा बैठक बसेको हो ।
यसअघि गत बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार आज बिहान नौ बजे बैठक वोलाउने निर्णय गरेको थियो । तर, बैठक दिउँसो १ बजेका मात्र सुरु भएको छ ।
आइतबार अध्यक्ष दाहालले सोमबारको बैठकमा पेश गर्ने एजेण्डाका बारेमा पार्टी नेताहरुसँग छलफल गरेका थिए । बैठकमा दाहाललले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी गर्दैछन् । पार्टी सञ्चालन गर्ने कार्यकारीको जिम्मेवारी पाएपछि यसअघि बुधबार अध्यक्ष दाहालले बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्