Logo
Logo

महानगरले बन्द गरायो शैक्षिक मेला


3.1k
Shares

काठमाडौं । आजदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगावै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शूल्क र भर्नाका लागि नाम टिपाउने गरेको भन्दै मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइले बताए । उनका अनुसार मेला भोलिदेखि सुचारु हुनेछ ।

महानगरले शैक्षिक मेला हुँदैछ भनेर बिहीबार बिहानमात्रै जानकारी पाएको बताउँदै उनले भने, ‘शैक्षिक मेलामा पढाई हुने विषयबारे मात्र विद्यार्थीलाई जानकारी गराउने शर्तमा भोलिदेखि मेला आयोजना गर्न पाइन्छ भनेका छौं ।’ मेलाको बिहीबार बिहान सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्