Logo
Logo

नेपाल सहभागी हुने एसिया कपको मिति टुंगो लाग्यो


4.2k
Shares

काठमाडौं । एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ । भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ ।

आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुने जानकारी दिएको छ । पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी एसिया कपको १६औं संस्करण हुने वक्तव्यमा उल्लेख छ ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एकदिवसीइ अन्तर्राष्ट्रिय (ओडीआई) खेल हुनेछन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले ुसुपर फोरुमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टिमले फाइनल यात्रा तय गर्नेछन् ।

नेपालले समूह चरणमा भारत र पाकिस्तासँग खेल्ने छ। यस्तै, अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको हो ।

गत वर्ष यूएईमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गरेको श्रीलंका प्रतियोगिताको साविक विजेता हो ।

प्रतिक्रिया दिनुहोस्