Logo
Logo

मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग नेपाल पराजित


2.1k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

आज (बिहीबार) फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा नेपाल १–० ले पराजित भएको हो । दोस्रो हाफको सुरुवातमा लिएको अग्रता नै फिलिपिन्सका लागि जित निकाल्न पर्याप्त रहयो ।

नेपालले गोलको केहि अवसर सिर्जना गरेपनि त्यसको फाइदा उठाउन सकेन । आफ्नै गल्तीमा पछि परेको नेपालले बराबरी गर्ने अवसर पाएको थियो, तर गोलरक्षकले केहि उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई जित दिलाए ।

नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा ६ देखि १९ असारसम्म हुँदैछ ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल कठिन समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा आयोजक भारतसँगै पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेत छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

प्रतिक्रिया दिनुहोस्