Logo
Logo

इप्पानमा गणेश कार्कीको प्यानलै विजयी


1.6k
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ ।

इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । उनी ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन् । त्यस्तै ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् ।

महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् । ५ सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् ।

१० जना सदस्यमध्ये ७ जना खुल्ला सदस्यमा कुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणी नेपाल, विजय मोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । त्यस्तै ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्