Logo
Logo

विवेकले बनाए बीमाको ब्रान्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौंमा जारी सागको प्रतिस्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठले मिलिसेकेण्डको अन्तरले दौडमा स्वर्ण पदक जितिन् । खेलमा थोरै समयको पनि कति ठूलो महत्व हुन्छ भन्ने कुरा यसले देखाउँछ । नेपालको बीमा क्षेत्रमा पनि कुनै समय यस्तै साँघुरो प्रतिस्पर्धा थियो । नेपाल लाइफ इन्स्योरेन्स अन्य कम्पनीभन्दा ‘मिलिसेकेण्ड’ अर्थात् थोरै मात्र अगाडि थियो । तर, अहिले प्रतिस्पर्धामा झन्डै एक घन्टाको अन्तर बनिसकेको छ । एक दशकदेखि बीमा क्षेत्रमा अग्रणी कम्पनीका रुपमा नेपाल लाइफको सफलताको रफ्तार बढिरहेको छ ।

– विवेक झा, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स

‘मैदानमा एक्लै खेल्नुको के मजा हुन्छ र ?’ उनी भन्छन्, ‘नयाँ कम्पनी आउँदा पनि हाम्रो बजार हिस्सा बढेको छ, विश्वमा केही यस्ता ब्रान्ड छन्, जसलाई बजारमा जतिसुकै नयाँ प्रतिस्पर्धी आएपनि असर गर्दैन ।’ नेपाल लाइफलाई पनि बीमाको त्यस्तै ब्रान्ड बनाउने अभियानमा उनी छन् ।

विवेक झाले कम्पनीको व्यवस्थापन सम्हालेयता नेपाल लाइफले आफ्नो रफ्तार बढाएको हो । पछिल्लो वर्ष बीमा बजारमा एकैपटक १० वटा नयाँ कम्पनी थपिदा पनि नेपाल लाइफले आफ्नो बजार हिस्सा सुरक्षित बनाउन सफल भएको छ । यो वर्ष सबैभन्दा धेरै कर तिर्ने बीमा कम्पनीको रुपमा नेपाल लाइफले आफ्नो साख अझै माथि उठाएको छ । यो सफलता टिमवर्ककबाट सम्भव भएको झा बताउँछन् । ‘एक्लैले कुनै पनि कुरा सम्भव छैन, नेपाल लाइफ एउटा टिममा आधारित कम्पनी हो । यो सफलतामा हरेक कर्मचारीले आफ्नो ठाउँबाट योगदान पु¥याएका छन् ,’ उनी भन्छन्,‘आगामी वर्षमा अझै हामी सशक्त भएर अगाडि बढ्छौं । अहिले कम्पनी गुड छ, यसलाई ग्रेट बनाउनु छ र यसका लागि सबैजना लागेका छौं ।’

देशमा राजनीतिक स्थायित्वपछि हरेक क्षेत्रमा थोरै भएपनि सकारात्मक परिवर्तन देखिएको छ । यद्यपि त्यो परिवर्तन अपेक्षाअनुसार नभएको भन्दै सर्वसाधरणले सरकारको आलोचना गरिरहेका छन् । तर, बीमा क्षेत्रमा भने अपेक्षाभन्दा धेरै प्रगती देखिएको झा बताउँछन् । विगतका वर्षमा जनसंख्याको ७÷८ प्रतिशतमा रहेको बीमा बजार पछिल्लो वर्षमा २४÷२५ प्रतिशत पुगेको छ । यसलाई उनी ‘रिभोलुसन’ भन्न रुचाउँछन् । जनता बीमाप्रति जागरुक भएकै कारण बीमा व्यवसाय फस्टाएको हो ।

‘यो प्रगतीलाई हामीले हल्का रुपमा लिनुहुँदैन यो त्यतीकै आएको होइन,’ झा भन्छन्, ‘यसका लागि ठूलो रणनीति र अपार मेहेनत चाहिन्छ । सबै क्षेत्रबाट पछिल्लो वर्ष बीमा बजारमा उत्साह थपिएको छ ।’ यसमा बीमा समिति, सरकार, बीमा कम्पनी र सर्वसाधरण सबैको योगदान रहेको झा बताउँछन् ।

यसरी बीमा बजार बढ्दा देशको अर्थतन्त्तमा ठूलो टेवा पुगेको उनको विश्लेषण छ । यसले रोजगारीसँगै सरकारको कर बढाएको छ । बीमा समितिले नीतिगत सहजीकरण गर्नु र बीमाको प्रिमियममा सरकारले छुटको घोषणा गर्दा पनि बीमा बजार बढेको उनी बताउँछ । त्यसका साथै एकैपटक १० वटा नयाँ बीमा कम्पनी थपिनुले पनि बीमा गर्नेको संख्या एकैपटक बढेको हो ।

नयाँ बीमा कम्पनी थपिएपछि चुनौतीसँग अवसर पनि बढेको उनले विश्लेषण छ । ‘मैदानमा एक्लै खेल्नुको के मजा हुन्छ र ?’ उनी भन्छन्, ‘नयाँ कम्पनी आउँदा पनि हाम्रो बजार हिस्सा बढेको छ, विश्वमा केही यस्ता ब्रान्ड छन्, जसलाई बजारमा जतिसुकै नयाँ प्रतिस्पर्धी आएपनि असर गर्दैन ।’ नेपाल लाइफलाई पनि बीमाको त्यस्तै ब्रान्ड बनाउने अभियानमा उनी छन् । अहिले नेपाल लाइफ राम्रो कम्पनी रहेको र त्यसलाई उत्कृष्ट बनाउने प्रयास निरन्तर चलिरहने झा बताउँछन् ।

‘जब एउटा बीमा परिपक्क भएर सर्वसाधरणहरुले फेरि यही कम्पनीलाई रोज्नुहुन्छ, त्यो अवस्थामा हामी उत्कृष्ट हौं भन्ने अनुभव हुन्छ’, उनले भने । बीमाको व्यवसायमा विश्वास नै सबैभन्दा ठूलो कुरा भएको उनी बताउँछन् । नेपाल लाइफले सर्वसाधरणको विश्वास जित्न सकेकाले सफल भएको उनले बताए । बीमा दाबीको रकम सहज भुक्तानी र उच्च प्रतिफल नै नेपाल लाइफको सफलताको एउटा आधार हो ।

बीमा क्षेत्र आगामी दिन अझै चुनौतीपूर्ण उनले देखेका छन् । यो क्षेत्र प्रविधिमैत्री अझै हुन नसकेको र त्यसमा जोड दिने उनको योजना छ । कम्पनीको पाँच वर्षे योजना बनाएर उनी अघि बढेका छन् । यो वर्ष मात्र ४० हजार बीमा अभिकर्ता बनाउने उनको योजना छ ।

युवा उमेरमै ठूलो सफलताको रहस्य के हो भने उनी हरेक कुरालाई सकारात्मक दृष्टिकोणले हेर्दछन् । पढाईका हिसाबले चार्टड एकान्टेन्ड रहेका उनलाई ‘प्रोएक्टिभ’ र ‘रिजल्ट ओरेन्टेड’ सीईओका रुपमा चिनिन्छ । एनबी इन्स्योरेन्स र माछापुच्छ«े बैंकमा समेत काम गरेका उनले थोरै अवधिमै सफल सीईओको रुपमा पहिचान बनाइसकेका छन् ।

सर्वसाधरणमा राज्यप्रति नकारात्मक दृष्टिकोण देखिन्छ । तर, उनी देश विकास हुनेमा सकारात्मक छन् । अहिलेको अवस्थाबाट अलिकति मात्र थोरै मेहनत र सिष्टम हुने हो भने देश बन्न धेरै वर्ष नलाग्ने उनको विश्लेषण छ ।

फुर्सदको बेला उनी किताब पढ्न रुचाउँछन् । पछिल्लो समय उनी ‘गो गिभर’ नामक पुस्तक पढिरहेका छन् । जसले व्यवसायमा सफलता पाउन पहिले लिने होइन दिन जान्नुपर्छ भन्ने कुरा सिकाउँछ । उनले आफ्नो करिअर पनि यो कुरा लागू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्