Logo
Logo

पाँचथर बाढीमा ४ पुरुष र एक महिला बेपत्ता (नामसहित)


1.4k
Shares

काठमाडौं । पाँचथरमा बाढीले बगाएर बेपत्ता भएका ५ जनाको पहिचान खुलेको छ ।

गएराति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता भएका हुन् ।

यस्तै बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र झोलुंगे पुल पनि बगाएको पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए । ‘जसले गर्दा मेची राजमार्ग अवरुद्ध भएको छ भने भेडेटार निस्किने सडक पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्