Logo
Logo

साग फुटबल फाइनल : हाफटाइमसम्म नेपाल र भुटान बराबरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा ४५ मिनेटको खेलमा भुटान र नेपाल एक एक गोल बराबरी खेलेका छन् । नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । भुटानले खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट चेन्चो ग्याल्सेनले जवाफी गोल फर्काएका छन् ।

स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ । राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिस्पर्धा भएको हो । यसअघि सागकै खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्