
काठमाडौ । आज (आइतबार) कारोवारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक २.९९ अंकले बढेको छ । यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ ।
आज सुरुवाती चरणमा ५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।











