Logo
Logo

बाढी पहिरो पीडितको तत्काल उद्धारको व्यवस्था मिलाउन आग्रह


945
Shares

काठमाडौं । सांसद दीपक खड्काले गएराति अविरल वर्गासँगै आएको बाढी पहिरोबाट धनजनको क्षति भएको भन्दै चाँडो उद्धारमा लाग्नु सरकारसमक्ष आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो बेपत्ता भएकाहरुको खोज, उद्धार तथा राहतमा जुट्न सरकारलाई आग्रह गरेका हुन् ।

‘खास गरी सङ्खुवासभामा अहिले सुपर हेवा हाइड्रोपावरमा काम गर्ने मजदुर १६ जना बेपत्ता भएको, तीन जना फेला परेको र एक जना मृत फेला परेको, तीन जना घाइते भएको जानकारी आएको छ । यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराइराखेको सूचना आएको छ, उद्धारमा जाने सुरक्षाकर्मी, राजनीतिक दलका नेताहरु सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ,’ उनले भने ।

उनले सुपर हेवा हाइड्रोपावरलगायतका धेरै स्थानमा क्षति भएको बताउँदै तीन वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको संसद्मा बताए । उक्त घटनाका कारण खर्बौं रुपैयाँको क्षति अएको अनुमान गरिएको उनको भनाइ छ । बगरमा रहेका सम्पूर्ण बाली नष्ट भएको र ११ वटा घर बगाएर विस्तापित भएको थापाले जानकारी दिए ।

सङ्खुवासभालगायत क्षतिग्रस्त जिल्लामा सरकारले तत्काल उद्धार राहत र सहयोग पु¥याउन उनले माग गरे । सांसद खड्काले आफूहरुले आजै बिहान प्रधानमन्त्रीलाई भेटेर राहतका लागि अनुरोध गरेको बताउँदै भने, ‘पहाडी इलाकाका सुरक्षाकर्मीले मात्रै त्यस क्षेत्रमा भएको क्षतिलाई उद्धार गर्न नसक्ने भएका कारण सभामुखमार्फत सरकारसमक्ष जतिसक्दो चाँडो उद्धार कार्यमा लाग्न र क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति राहात र उद्धार गरिदिनु हुन पनि विनम्र आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्