Logo
Logo

लगातार दोस्रो पटक साग फुटबलमा च्याम्पियन बन्यो नेपाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २४ मंसिर ।
साग अन्र्तगत पुरुष फुटबलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल लगातार दोस्रो पटक साग च्याम्पियन बनेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १र१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३७ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५४ औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो ।
यसअघिको साग फुटबलमा भारतलाई हराएर नेपाल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्