काठमाडौं, २५ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारम्बर पक्राउ गर्दा पनि प्रहरीमा घुसखोरी रोकिएको छैन । मंगलबार दुई प्रहरी फेरि घुससहित पक्राउ परेका छन् ।
सर्लाहीको प्रहरी चौकी त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र सोही चौकीका घुमुवा समेतमा काम गर्ने प्रहरी जवान मनोजकुमार यादव घुससहित पक्राउ परो हुन् । भारतीय सिमा नाकाबाट नेपाल तर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक राजेसकुमार सिंहले उक्त घुसररिसवत रकम लिन प्रहरी जवान मनोज कुमार यादवलाई पठाएकोमा प्रहरी जवानलाई सेवाग्रहीबाट ५० हजार घुस रकम लिदैंगर्दाको अवस्थामा जिल्ला सर्लाही, ब्रह्मपुरी गाउँपालिका वडा नं. ४ स्थित सगरमाथा बोडिङ स्कुलको प्रङ्गणबाट रंगेहात पक्राउ गरेको हो ।
एक साताअघि सर्लाहीकै इन्सपेक्टर घुससहित पक्राउ परेका थिए ।
इप्रका तुलसीपुर दाङमा कार्यरत सई हेमन्त केसी २२ गते सात हजार घुससहित पक्राउ परेका थिए ।
१९ गते विराटनगरका असई श्याम दाहाल सात हजार घुससहित रंगेहात पक्राउ परेका थिए ।











