Logo
Logo

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ


- दृष्टि न्युज/संवाददाता


सप्तरी, २५ मंसिर । एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा आज पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरिएको हो । स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताएका छन् । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्