
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीति कार्यदिशासहितको मस्यौदालाई अन्तिमरूप दिन १७ सदस्यीय कार्यदल बनाएको छ ।
आज (सोमबार) बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले भदौको पहिलो हप्ता बुझाउने गरी दस्तावेज तयार पार्न १७ सदस्यीय कार्यदल बनाएको हो ।
दस्तावेजमाथि विमर्श गर्न गत फागुनमै रास्वपाले ७ वटा समूह बनाएको थियो । सोही समूहमध्येबाट २/२ जना र नीति तथा विचार विभाग प्रमुख मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं र प्रशिक्षण विभाग सचिव कमल सुवेदी रहने कार्यदल बनाइएको छ । ढकाल, प्रसाईं र सुवेदीले दस्तावेज तयार पारेका हुन् ।
त्यस्तै आज बसेको बैठकले असार ७ गते स्थापना दिवसका सन्दर्भमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ ।











