Logo
Logo

गोलभेडा फ्याँकेको तस्वीर शेयर गर्दै ओलीले भने- मन थाम्न मुस्किल हुन्छ


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न नसकेसम्म कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसकिने बताएका छन् ।

उचित मूल्य नपाएपछि किसानले आइतबार कालीमाटीमा गोलभेँडा सडकमा फ्याँकेर आन्दोलन गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै ओलीले कृषिवस्तु खरिद सम्झौता नभएसम्म अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसकिने बताएका हुन् । उनले किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको दृश्य देख्दा मन थाम्न नसकिने बताएका छन् ।

‘हामी एकातिर करिब ४ सय अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौं, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ,’ उनले भनेका छन्, ‘किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुन्छ। जबसम्म किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्