काठमाडौं, २५ मंसिर।
देशमा भ्रष्टाचारले विकास निर्माणलाई कसरी असर पारिरहेको छ भन्ने कुरा मंगलबारको एउटा घटनाले प्रष्ट पारेको छ । विकास निर्माणका काममा २५ प्रतिशतसम्म रकम कर्मचारीकै गल्तीमा जाने मंगलबार दुई कर्मचारी पक्राउ परेपछि खुलेकाे छ ।
डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख ९सि।डि।ई।० ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन मंगलबार काठमाडौंमा २० लाख घुससहित पक्राउ परे । सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानीको लागि उनीहरुले घुसको बार्गेनिङ गरेका थिए । बानेश्वरको रोयल एलिनाज बेकरी क्याफेबाट अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।
हरेक जसो ठेक्कामा कर्मचारीले यसरी नै घुस लिने गरेका छन् । सबैतिर घुस बुझाउनुपर्ने भएकाले आफुहरुले गुणस्तरीय काम गर्न नसक्ने ठेकदारहरुले बताउने गरेका छन् ।