Logo
Logo

प्रेम चलाउने न्यायका लागि छटपटाइरहेका छन्ः सुनिता बराल


315
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुनिता बरालले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद बरालले नेविसंघका कार्यकर्ताहरू हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने सरकारको निर्णयको आलोचना गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय नेविसंघले बन्द गरेको अवस्थामा सर्वोच्चले खुला गर्न आदेश दिएको र त्यसको समर्थन गर्दा उपप्राध्यापक चलाउनेलाई नेविसंघ कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरेको बरालको भनाइ छ ।

चलाउनेलाई २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताहरूले कुटपिट गरेका थिए । आचार्य सहित ५ जनाको जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । उक्त निर्णयको सांसद बरालले विरोध जनाएकी हुन् ।

‘उपप्राध्यापक चलाउने त्रिविमा तालाबन्दीको विरुद्धमा उभिएका थिए । विश्वविद्यालयमा पठनपाठन सुचारु हुनुपर्छ भन्ने पक्षमा उभिएका थिए । त्यो बापत उहाँले धन्न ज्यान गुमाउनु परेन, भाग्यले बाँचेका छन्,’ बरालले भनिन्, ‘आज उनी न्यायका लागि छटपटाइरहेका छन् । यस्ता खालका घटनामा कोही पनि उम्किन नपाउन् ।’

आरोपितले गल्ती गरेका छैनन् भने न्यायालयले नै फैसला गर्ने तर महान्यायाधीवक्ताको कार्यालय र मन्त्रिपरषद्बाट यसरी मुद्दा फिर्ता लिन नहुने सांसद बरालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्