Logo
Logo

मायापुरी वनमा हात्ती आतंक, एकको मृत्यु, ६ घाइते


- दृष्टि न्युज/संवाददाता


कन्चनपुर, २५ मंसिर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको बुधबार बिहान मृत्यु भएको छ ।
तयस्तै, स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम आक्रमणबाट घाइते भएका छन् । उनीहरु बिहान घाँस काट्न जंगल जाँदा हात्तीको आक्रमणमा परेका थिए ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए । उनका अनुसार एकजना जंगलमा हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्