
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । हरारे क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले बलिङ रोजेका हुन् ।
कप्तान पौडेलले केहिबेरमा सुरु हुने अमेरिकाविरुद्धको खेलमा बलर सोमपाल कामीले नखेल्ने जानकारी दिए । पहिलो जिम्बावेसँगको खेलमा लागेको चोटका कारण तिब्र गतिका बलर कामी घाइते भएपछि उनको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई प्लेइङ ११ मा समावेश गरेको छ।
पहिलो खेलमा जिम्बावेसँग पराजित नेपाल आज आफ्ना पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको अमेरिका पनि आज नेपाललाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
नेपालले विश्वकप छनोटको समूह चरण अन्तर्गत दोस्रो खेल बिहीबार वेस्ट इन्डिज र शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।











