Logo
Logo

एक लाख नगदसहित कलंकीबाट ६ जना जुवाडे पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका(१४ कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्