Logo
Logo

ताप्लेजुङमा पहिरोले घर पुरियो, १ जना गम्भीर घाइते


630
Shares

सिदिङ्वा । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो ।

उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए ।

यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू पहिरोमा परी गम्भीर घाइते भएका छन् । आज बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी उनी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कँडेलले बताए ।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरु अधिकांश स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्