Logo
Logo

स्काभेटर दुर्घटनामा एकको मृत्यु, तीन घाइते


- दृष्टि न्युज/संवाददाता


चरिकोट, २६ मंसिर । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गएराति स्काभेटर दुर्घटना हँुदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन् । घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्