
काठमाडौं । नबिल बैंकका ग्राहकले र्याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त डिस्काउन्ट पाउने सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ । नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।












