Logo
Logo

हिउँमा चिप्लेर टिपर दुर्घटना, दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


सिमकोट, २६ मंसिर । हिल्सादेखि याल्वाङतर्फ आउँदै गरेको टिपर बिहीबार तुम्कोट भिरमा दुर्घटना भएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
टिपरमा चालकसहित चार जना सवारमध्ये थिए, जसमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको प्रहरीले जनाएको छ । दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए । हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्