Logo
Logo

स्रोत नखुलेको साढे ३३ लाखसहित एक जना पक्राउ


1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका–४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्