Logo
Logo

कुवेतविरुद्ध नेपाल २-० ले पछाडि


882
Shares

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तीभिरा रंगशालामा जारी खेलको २३औं मिनेटमा कुवेतका कप्तान खालिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा सबाइबल खालीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए दिलाए ।

किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको नेपालको रक्षापंक्ति विमल पाण्डे, रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठले सम्हाल्ने भएका छन्।

त्यस्तै मिडफिल्डमा लाकेन लिम्बु, पुजन उपरकोटी र एरियक विष्ट छन्। फ्रन्टलाइनको जिम्मा मनिष डाँगी, अञ्जन विष्ट र नवयुग श्रेष्ठले पाएका छन्।

प्रतिक्रिया दिनुहोस्