Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठकमा नाराबाजी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेस केन्दीय समिति बैठक अनौपचारिक छलफलमै रहेको छ । केन्द्रीय कार्यालय सानेपामा आज बिहीबार १ बजे बैठक बोलाइएको थियो । तर, बैठकको एजेण्डामा सस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नहुँदा बैठक बस्न सकेको छैन ।
सभापति शेरबहादुर देउवाले विभागको संख्या बढाउने प्रस्ताव ल्याएपछि त्यसमा असन्तुष्ट पक्षले अस्वीकार गरेको छ । पार्टीभित्रको गुटगत छलफल भइरहँदा अहिले कार्यालय बाहिर नेपाल विद्यार्थी संघका एकथरी कार्यकर्ताले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिहरहेका छन् । उनीहरुले नेविसंघको नेतृत्व ३२ वर्षमुनि उमेरको हुनुपर्ने माग राखेका छन् ।
आजको बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल गर्ने तय गरिएको छ । तर, पार्टीभित्रै विभागबारे विवाद भएपछि बैठक रोकिएको छ ।
हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ र्पुयाउने तयारी संस्थापन पक्ष छ । ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा सभापति देउवासहितको टिम रहेपनि असन्तुष्ट पक्षले यसमा विरोध जनाएको हो ।
कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन् । कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेको छैन । कांग्रेसमा क्रियाशील सदस्यताको टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्