Logo
Logo

उपसभामुखले राजिनामा दिने, को बन्ला सभामुख ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ मंसिर ।
अनत्तः उपसभामुख शिवमाया तुम्बाहाङ्फले राजिनामा दिने भएकी छन्। सभामुख चयन प्रक्रियलाई हसज बनाउन उनले राजिनामा दिन लागेकी हुन् ।
यद्यपी उनले सभामुखको दाबेदारी गर्दै आएकी छिन् । संविधानमा सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने छ। उपसभामुखलाई राजिनामा गराएर नेकपाले सभामुख पद सुरक्षीत गर्न लागेको छ ।


पुस ४ गतेबाट संसदको हिउँदे अधिवेशन आह्वान भइसकेको छ । त्यसअघि नै उनले राजिनामा दिनेछिन् ।

यौन दुर्व्यवहारको आरोपमा मुछिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए। महराको राजीनापछि डेढ महिनादेखि रिक्त सभामुख चयन पुस ४ गतेबाट सुरु हुने हिउँदे अधिवेशनमा अनिवार्य रूपमा गर्नैपर्छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई बोलाई उपसभामुखबाट राजीनामा दिएर बाटो खुल्ला गरी मन्त्री पद स्वीकार्न आग्रह गरेका थिए। तर, उपसभामुख तुम्बाहाङ्फेले उक्त आग्रह स्वीकार गरिनन्। उनको तर्क थियो–‘महराले गरेको गल्तीको सजायँ मैले किन भोग्ने? मैले किन राजीनामा दिने?’

पुस ४ गतेका लागि आह्वान गरिएको बैठकको अध्यक्षता राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्ने निश्चित देखिएको छ।
पहिलो दिनको बैठकमा यादव अनुपस्थित भइ दिएपछि प्रतिनिधिसभामा ठाकुर सबैभन्दा ज्येष्ठ सदस्य हुनेछन्। सभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने संवैधानिक र प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ।
उता नयाँ सभाुमखका लागि नेकपाभित्र दौडधुप सुरु भइसकेको छ । जसमा सुवास नेम्वाङदेखि ओनसारी घर्ती, देव गुरुङ, अग्नि सापकोटा लगायत छन् । पूर्व माओवादी नेता नै सभामुख हुने सम्भावना छ ।
उपसभामुख पद भने समाजवादी फोरम वा राजपामध्ये एकले पाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्