Logo
Logo

अख्तियारमै काम गरेका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ मंसिर
भ्रष्ट कर्मचारीमाथि छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु उच्च नैतिकवान हुनुपर्ने हो । तर, त्यस्तो देखिन्छ । आयोगमै कार्यरत कर्मचारीहरु समेत भ्रष्टाचारमा परेका छन् । कतिपय आयोगमै कार्यरत अवस्थामा त कतिपय पछि भ्रष्टाचार मुद्दामा तानिएका छन् ।

आयोगका पूर्वआयुक्त राजनारायण पाठक नै घुस लिएको खुलेपछि गत वर्ष विशेष अदालतमा मुद्दा दर्ता भयो । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले आयोगकै छानबिनमा छन् । बालुवाटार जग्गा प्रकरणमा उनमिाथि छानबिन भइहरेको छ । विगतमा अख्तियारमै बसेर गएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको घुसकाण्ड गत साता सार्वजनिक भयो । निलम्बर गरेर आयोगले उनीमाथि छानबिन थालेको छ।
अभद्र व्यवहार मुद्दाका अभियुक्तसँग धम्काएर उनले ९० हजार रुपैयाँ घुस लिएका थिए । परिवारको दबाबपछि फिर्ता गरेका थिए । मिडियामा सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु भएको हो ।

विगतमा अख्तियारको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षकसमेत घुस प्रकरणमा रंगेहात पक्राउ परेका थिए । गत वर्ष२० असोजमा महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई स्थानीय व्यवसायीसँग १ लाख ४० हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो । उनी सो वृतमा जानुअघि अख्तियारमै कार्यरत थिए अझ स्टिङ अप्रेसनकै टोलीमा ।

यअसघि अख्तियारको सुर्खेत कार्यालयमा कार्यरत असई जन्मदेव अधिकारी चार लाख घुस माग्दै गर्दा गत वर्ष रंगेहात पक्राउ परेका थिए ।
यी घटनाले भ्रष्टाचार सर्वत्र रहेको प्रष्ट हुन्छ । भ्रष्टाचार सामाजिक रोग नै बनिसकेको यसले देखाउँछ ।
कतिपय कर्मचारीहरु भ्रष्टाचार गरेर जोगिनका लागि समेत आयोग जाने गर्दछन् । विगतमा अकुत कमाएका कतिपय कर्मचारीहरु अहिले अख्तियारको महत्वपूर्ण जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्