Logo
Logo

हिमालयन बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । हिमालयन बैंक लिमिटेड आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २६औँं वार्षिक साधारणसभामा बैंकले शेयरधनीहरुलाई उक्त निर्णय गरेको हो । बोनस शेयरको वितरणपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्नेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४ र ७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी ५ माघमा सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी सभालाई दिएका थिए ।
अध्यक्ष श्रेष्ठले २६ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।
बैंकले आव.२०७४ र ७५ अन्त्यसम्म ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७÷३९ र ११÷८६ प्रतिशतले बढी हो । सभामा सबै साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजयबहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्